मध्यरातमा ३९ जना वरिष्ठ प्रहरी उपरीक्षकहरुको सरुवा, काठमाडौँ प्रमुखमा जोशी , हेर्नोस् पूर्ण विवरण :

maitrinews

काठमाडौं । गृह मन्त्रालयले ३९ वरिष्ठ उपरीक्षकहरुको सरुवा गरेको छ। मध्यरातमा गरिएको निर्णयअनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी छबिलाल जोशी, महानगरीय अपराध महाशाखामा दिनेश आमात्य र ललितपुर प्रहरी प्रमुखमा ठूले राईको सरुवा भएको छ।
त्यस्तै महाशाखाका सर्वेन्द्र खनाललाई महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ। त्यस्तै ललितपुरका पिताम्बर अधिकारीलाई मेची प्रहरी प्रमुखमा सरुवा गरिएको छ। त्यस्तै लुम्बिनी अञ्चल प्रमुख शेरबहादुर बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्युरोको सहनिर्देशकमा ल्याइएर प्रहरी प्रधान कार्यालयमा रहेका दीपक कुमार थापालाई लुम्बिनी पठाइएको छ।

SSP saruwa 01 SSP saruwa 02 SSP saruwa 03 SSP saruwa 04