दाङमा देउवाविरुद्ध नाराबाजी

दाङ । दाङमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएपछि एक साताभित्रै पार्टीका पदाधिकारी चयन गरिने बताउनुभएको छ ।
दाङको तुलसीपुरमा बिहीबार प्रेस यूनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले लामो समय पदाधिकारी चयन र विभाग गठन नभएको गुनासो आएकाले अब तत्काल उक्त काम सम्पन्न गर्ने दावी गर्नुभयो । दाङको चखौरामा आयोजित माघी महोत्सवमा खुमबहादुर खड्का पक्षधरले देउवाविरुद्ध नाराबाजी गरेपछि देउवा पदाधिकारी चयनबारे बोल्नुभएको हो ।
खड्कालाई पदाधिकारी बनाउने नबनाउनेबारे पार्टीभित्र छलफल चलिरहेको उहाँले जानकारी दिनुभयो। उहाँले २०७४ माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गराउन कांग्रेस लागिपरेको दावी गर्नुभयो ।