सूचना–प्रविधिमा फड्को मार्दै नेपाल – विनोद ढकाल, अध्यक्ष, क्यान महासंघ नेपाल

नेपालले सूचना तथा प्रवधिकोक्षेत्रमा पछिल्लो समयमा फड्को मार्दै आएको छ । यस क्षेत्रलाई क्यान महासंघ नेपालले अगाडि बढाउँदै आएको छ । महासंघा अध्यक्ष इ. विनोद ढकाल सूचना–प्रविधिको विकास, अन्तरमन्त्रालय सामञ्जस्यता, प्राविधिक जनशक्ति व्यवस्थापन, सूचना–प्रविधि सूचकांकमा नेपालको अवस्थालगायत सुधार हुँदै आइरहेको वताउँदछन् । क्यान इन्फोटेकको अवसरमा अध्यक्ष ढकालसँग समग्र आईसीटी क्षेत्रका विषयमा गरिएको कुराकानीको संक्षेप ।
सूचना–प्रविधिको विकासका लागि के भैरहेको छ ?
पछिल्लो समयमा सूचना–प्रविधिको जनचेतना अभिवृद्धि गर्ने काममा हामी सशक्त भएर लागेका छौं । सन् १९९५ मा क्यान स्थापना गर्दा सूचना–प्रविधि क्षेत्र सहज थिएन । विभिन्न कालखण्ड पार गर्दै अहिलेसम्मको अवस्था आएको हो । हामीले सूचना, सञ्चार प्रविधिसम्बन्धमा जुन प्रदर्शनी गर्छाैं, त्यो देशकै लागि ‘मेघा इभेन्ट’ भएको छ । यसले जनचेनता अभिवृद्धि गर्न सकेको हो भन्ने हामीलाई लाग्छ । काठमाडौंको भृकुटीमण्डपमा धेरै थरीका मेला हुन्छन्, तर सूचना–प्रविधिमा उपभोक्ताको चासो बर्से्नि बढ्दै गएको छ ।
अहिले सूचना, सञ्चार प्रविधिबिना कुनै पनि काम गर्न सक्ने अवस्था छैन । विज्ञान प्रविधि मन्त्रालय नहुँदा क्यान जन्मेको हो । क्यानको उद्देश्य पनि सूचना, सञ्चार र प्रविधिको विकास गर्नु नै हो । २०५७ सालमै हामीले सूचना–प्रविधि नीतिमा काम गर्न थाल्यौं । अहिले सूचना, सञ्चार, प्रविधि नीति–२०७२ का रूपमा आएको छ । नीतिगत सुधार, जनचेनता वृद्धिदेखि सूचना–सञ्चारको विकासका लागि क्यान महासंघले काम गर्दै आएको छ ।
ग्रामिण क्षेत्रमा सूचना प्रविधिको पहुँच बढाउन के पहल भएका छन् ?
विश्वमा भएको सूचना–प्रविधिको विकासलाई हामीले गाउँगाउँसम्म पुयाउन सक्नुपर्छ । गाउँगाउँमा सूचना–प्रविधिको पहुँच पु¥याउनकै लागि हामीले शाखा विस्तारमा जोड दिएका छौं । अहिले ५६ जिल्लामा क्यान महासंघको शाखा छ र भविष्यमा अरू जिल्लामा पनि थप्दै जानेछौं । राजधानीमा मात्रै प्रदर्शन हुँदै आएको क्यान इन्फोटेक सबै विकासक्षेत्रमा गर्न थालेका छौं । भोलिका दिन सबै जिल्लामा पुग्ने लक्ष्य छ । सूचना, सञ्चार र प्रविधि विकासमा प्रदर्शनीको भूमिका बढ्दै गएको छ ।
इन्फोटेक बर्षे हुँदै आएको छ । यसको के महत्व छ ?
क्यान इन्फोटेकमा दुई किसिमको प्याभिलियन प्रदर्शनीमा राखेका हुन्छौं । एउटा ब्रोडिङ हो भने बाहिर ट्रसमा सामान राखिएको हुन्छ । हाम्रो उद्देश्य सूचना, सञ्चार प्रविधिको जनचेतना अभिवृद्धि गर्ने नै हो । विश्वमा विकास भएका पछिल्ला प्रविधि प्रदर्शनीमा राखेर जतिसक्यो धेरैले हेरून् र जानून् भन्न्ने नै हो ।इन्फोटेक भनेपछि सामान बेच्ने ठाउँ भनेर नबुझिदिन म आग्रह गर्छु । तर, इन्फोटेकमा नयाँ सामग्री आउँछन्, त्यहीँ किन्छु भनेर बस्नेहरू पनि भएकाले यसलाई नकार्न सकिन्न ।कतिपय मानिस इन्फोटेकमै मोबाइल, ल्यापटप किन्नुपर्छ भनेर बसेका हुन्छन् । इन्फोटेक भनेपछि सामान बेच्ने ठाउँ भनेर नबुझिदिन म आग्रह गर्छु । तर, इन्फोटेकमा नयाँ सामग्री आउँछन् र त्यहीँ किन्छु भनेर बस्नेहरू पनि भएकाले बेच्ने ठाउँ पनि हो । यसलाई नकार्न सकिन्न । हाम्रो मुख्य उद्देश्य सामान बेच्ने नभएर जनचेतना अभिवृद्धि नै हो ।
अन्तरराष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू) को सूचना–प्रविधि सूचकांकमा नेपालको अवस्था कमजोर छ नि ?
आईटीमा लागेको २५ वर्ष र क्यानमा लागेको १४ वर्षको अनुभवले मलाई के भन्छ भने दीर्घकालीन भिजन नहुँदा हामी कमजोर भएका हौं । आईसीटीलाई बुझ्ने कुरामा हामी चुक्यौं, त्यसकै कारण सूचकांकमा पछाडि छौं । अहिले सूचना–सञ्चार प्रविधिलाई एउटा ‘टुल’का रूपमा प्रयोग नगरी अगाडि बढ्न सक्ने अवस्था छैन ।आईसीटी क्षेत्रलाई सरकारले जुन प्राथमिकतामा राख्नुपर्ने हो, त्यो राखेको पाइँदैन । सूचना–प्रविधि कुन मन्त्रालय मातहतमा हुने भन्ने सधैं अन्योल नै भयो । कहिले विज्ञानतिर हुन्छ त कहिले सञ्चारमा पु¥याइन्छ । विज्ञान प्रविधि र सञ्चार मन्त्रालयको आफैंमा सामञ्जस्यता छैन ।
सूचना–प्रविधि क्षेत्रमा जनशक्ति व्यवस्थापन कत्तिको चुनौती बनेको छ ?
जनशक्ति व्यवस्थापन अहिले सबैभन्दा ठूलो चुनौती हो । सफ्टवेयर समिटमा यही कुरा उठेको थियो । एउटा कम्पनीमा काम गरिरहेको अवस्थामा अर्काे कम्पनीले २ हजार मात्रै धेरै दियो भने कर्मचारी हलचल गर्ने प्रचलन छ ।ठूला–ठूला परियोजना अगाडि बढेको अवस्थामा कर्मचारी व्यवस्थापनको अझै समस्या बनेको छ । यहाँ अलिकति जानेपछि विदेश जाने क्रम बढेको छ । विदेश जान रोक्न यहाँ पूर्वाधार राम्रो हुनुपर्छ । यहाँ वातावरण राम्रो हुँदाहुँदै किन जान्छांै भन्न सक्ने आधार हुनुपर्छ ।
लामो समयदेखि अलपत्र परेको आईटी पार्कके अवस्था के छ ?
आईटी पार्क सञ्चालनको प्रस्ताव लगेका थियौं । हामी अझै पनि भन्छौं— सरकारले क्यान महासंघलाई आईटी पार्क जिम्मा देओस्, एक महिनाभित्र सञ्चालनमा ल्याउँछौं । कम्तीमा ५० वर्ष लिजमा दिनुप¥यो भन्ने प्रस्ताव हामीले लगेका थियौं । यति लामो समयसम्म पूर्वाधार भएर पनि रोकिनुको कारण भिजन नभएर हो । कसैले खाली भएको जग्गा प्रयोग गर्छ भने किन नदिने त । पूर्वाधार भएर पनि उपभोग नभएको अवस्था छ । जसले प्रयोग गरे पनि हामी सञ्चालनमा आओस् भन्न चाहन्छौं ।