२ लाख ५४ हजारले गरे क्यान ईन्फोटेकको अवलोकन

काठमाडौ., १७ माघ ।
काठमाडौंको भृकुटीमण्डपमा जारी २३औं संस्करणको ‘सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ’ मा शोमवार पनि अवलोकनकर्ताहरुको बाक्लो सहभागिता रह्यो । प्रदर्शनीमा पाँचौ दिन ४७ हजार ३ सय २७ जनाले ईन्फोटेकको अवलोकन गरेका छन् । यसदिनसम्म २ लाख ५४ हजार ३ सय ८५ जनाले मेलाको अवलोकन गरिसकेका छन् ।
जारी इन्फोटेकमा सहभागी कम्पनी तथा डिष्ट्रिब्युसनहरुले ब्रान्डिङका साथै प्रडक्ट सेल्स र सर्भिसमा पनि प्रचारप्रसार गरिरहेका छन् । साथै उपहार तथा अफरहरु सार्वजनिक गर्ने क्रम आज पनि जारी रह्यो । कतिपय कम्पनीहरुले अघिल्लो दिनहरुका भन्दा भारी छुट तथा आकर्षक अफरहरु घोषणा गरेका छन् । सबैभन्दा बढी आकर्षण स्मार्टफोन कम्पनी, इन्टरनेट सेवाप्रदायक र नेटवर्किङ प्रडक्टका स्टल देखिएको छ ।
यसैगरी डिजिटल टिभी, स्मार्ट टिभी, ल्यापटप, प्रिन्टर तथा कम्प्युटर एसेसोरिजहरुमा पनि कम्पनीहरुले आकर्षक अफर घोषणा गरेका छन् । इन्फोटेकको शीर्ष प्रायोजक सुबिसुले प्रदर्शनीमा ल्याएको इन्टरनेट र क्लियर टिभीको जम्बो अफरमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । सुबिस–ले मात्रै रु. ७,९९९ मा यो अफर ल्याएको छ । त्यसैगरी एशोसिएट स्पोन्सर सामसुङले इन्फोटेकमा ६ जिबी र्याम भएको सी ९ प्रो, ग्यालेक्सी अन सेभेन प्रो र जे २ एस मोबाइलको पनि विशेष छुटसहित प्रदर्शनी भइरहेको छ । यी नयाँ स्मार्टफोनबाहेक जे फाइभ, जे सेभेनलगायतका स्मार्ट मोडल पनि छुटमा उपलब्ध गराइएको छ । यसैगरी हुवावे र लेनोभोले स्मार्टफोनमा ४० प्रतिशतसम्म स्मार्टफोन छुटमा दिइरहेको छ । संसारकै सानो मोबाइल, पावरबैंकबाट चल्ने टिभी, इलेक्ट्रोनिक स्कुटरले इन्फोटेकको माहोललाई अझै आकर्षण बनाएको छ ।