गुडविल फाइनान्सलाई दुई करोड ९७ लाख रुपैयाँ नाफा

काठमाडौ। गुडविल फाइनान्सले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। यो अवधिमा फाइनान्सले दुई करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । फाइनान्सले अघिल्लो वर्षको सोहि अवधिमा दुई करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
अघिल्लो वर्षको सोहि अवधिको तुलनामा फाइनान्सले आफ्नो नाफामा २४.९० प्रतिशतले वृद्धि गरेको छ । फाइनान्सले यो अवधिमा आठ करोड ५० लाख रुपैयाँ रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । ४५ करोड ३७ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सले तीन अर्ब ८६ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ छ भने तीन अर्ब २७ करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
फाइनान्सको प्रोभिजनमा ३ करोड ६७ लख रुपैयाँ राखेको छ । १ दशमलव ९९ प्रतिशत खराब कर्जा रहेको फाइनान्सको प्रतिशेयर आम्दानी १३ दशमलव ११ रुपैयाँ (वार्षिकीकरण) रहेको छ ।
प्रकाशन मिति–२०७३ साल माघ १७ गते सोमवार ।