केपी शर्मा ओलीवाट बीर बलभद्रसँग तुलना

काठमाडौ। नेपालका पूर्वप्रधानमन्त्री एवं व्यवस्थापिका संसदमा प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वीर बलभद्रसँग तुलना गरेका छन् ।
बलभद्रले जस्तै किल्ला छोडेको भएतापनि पञ्जाब सेनामा नजाने ओलीले भनेका छन् । काठमाडौको चपलीमा वीर बलभद्र कुँवरको शालिक अनावरण गर्दै ओलीले उक्त कुरा भनेका हुन्।
ओलीले बलभद्रलाई नालापानीको किल्ला छाड्नु परेको कुरा उल्लेख गर्दै आफूले पनि अस्ती साउनमा चित्रबहादुरजीहरु समेत किल्ला छाडेको जिकिर गरेका छन्। तर, पञ्जाब सेनामा आफू नजाने र यहिँ लड्ने हो र, यहिँ ठेगान लगाउने हो यिनीहरुलाई भनेर भनेका छन्।
ओलीले आफूले अस्थायी रुपमा मात्रै किल्ला छाडेको भन्दै ‘त्यो बेला जमाना बेग्लै भएकोले नेपालले हार व्यहोर्नु परेको र बलभद्रलाई युवा जोश र साम्राज्यवाद विरोधी भावना प्रकट गर्न पञ्जाब जानु परेको बांध्यतालाई ओलीले उल्लेख गरेका छन्।
हाल त्यो स्थिति नभएकोले यही बसेर उनीहरुसंग मुकाबिला गर्न सक्ने ओलीको भनाई रहेको छ।
प्रकाशन मिति–२०७३ साल माघ १८ गते मंगलवार ।