गोरुजुधाइमा श्रेष्ठ गोरुको शानदार जित

maitrinews

नुवाकोट। चौथो नुवाकोट महोत्सवमा विहीवार गोरुजुधाइ सम्पन्न भएको छ। नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा बट्टारमा चलिरहेको चौथो महोत्सवको सातौंँ दिन विहीवार दर्शकले गोरु जुधाइ समेत हेर्ने अवसर पाएका छन्।

???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

जिल्लाका तारुका र वेत्रावतीमा माघेसङ्क्रान्तिको दिन विशेष कार्यक्रमका साथ गोरु जुधाउने परम्परालाई महोत्सवमा पनि समेटिएको आयोजक सङ्घले जनाएको छ। तारुका र वेत्रावतीका एक एक हल गरी दुई हल गोरुले डेढ घन्टा जुधेर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।

तारुकाका धर्मबहादुर श्रेष्ठ र वेत्रावतीका अष्टमान डङ्गोलका गोरुबीच भएको प्रतिस्पर्धामा श्रेष्ठ तथा तारुकाका विष्णुलाल श्रेष्ठ र वेत्रावतीका चन्द्रबहादुर डङ्गोलको गोरुबीच भएको प्रतिस्पर्धामा श्रेष्ठको गोरुले जितेका थिए।

विजेता गोरुधनीलाई रु १०–१० हजार र पराजित गोरुधनीलाई रु पाँच–पाँच हजार प्रदान गरिएको सङ्घका महासचिव दीपक कायस्थले बताउनुभयोबताएका छन्। रासस
प्रकाशन मिति–२०७३ साल माघ २० गते विहीवार ।