अर्बिटका शेषराजको सफलता

काठमाडौ । अंग्रेजी भाषालाई विश्वव्यापी रुपमा मान्यता हाल दिएको अवस्था रहेको छ । सोही अंग्रेजी भाषाको ज्ञान यो तहसम्म छभनेर प्रमाणित गरिदिने मापदण्ड नै आइएलटिएस, टोफल, स्याट, जिम्याट र सिए हो । यसलाई प्रोफेसनल इंगलिस स्किल पनि भन्ने गरिन्छ । विदेशमा अध्ययनको लागि भिसा प्रक्रियाको लागि यो अत्यन्त आवश्यकीय प्रकृया बन्दै गएको छ । विश्वमा अंग्रेजी भाषालाई उच्चकोटीमा राखिने गरेकोले यस प्रकृयाको महत्व बढ्ेको जिकिर अर्विट इन्टरनेशनलका सिईओ शेषराज भट्टराईको रहेको छ।
काठमाडौको मुटु पुतलीसडक स्थित १७ बर्ष पुरानो अर्विट इन्टरनेशनलमा विगत तीन बर्षयता उच्चकोटीको सिईओ पदमा अत्यन्त जिम्मेवार भएर अहोरात्र व्यस्त बनिरहेका भट्टराई अर्विटमा टोफल, आइएलटिएस लगायतका अन्य भाषा तयारी कक्षामा विद्यार्थीहरुको भीड हुनुको पछाडि अर्विटको पहिचान तथा विश्वास र उच्चकोटीको पढाई नै हो भन्छन । भाषा भनेको विशेषत अभ्यास नै भएकोले शान्त तथा उपयुक्त बाताबरणमा बोल्ने शैली र कला अर्विटमा भएकोले अरुभन्दा फरक रहेकोले अर्विट नंबर एकमा रहेको दाबी पनि भट्टराईको रहेको छ।
हाललाई काठमाडौको अलावा अर्विटलाई पोखरामा पनि विस्तार गरिएको छ । आइएसओ प्रमाणित कर्पोरेट संस्था भएकोले पिएचडी होल्डर देखि पियन समेत गरेर १ सय जनाको रोजगारको गन्तव्य पनि अर्विट बनेको छ । दिनहुँ सयौं विद्यार्थी देखि विभिन्न वर्ग तथा तह–तप्काका व्यक्ति विशेषलाई परामर्श र भाषा प्रशिक्षण दिने कार्यमा अत्यन्त व्यस्त बन्ने कर्पोरेट हाउस अर्विटको सिईओ हुनु आफैमा पनि चुनौति र गर्व नै हो । त्यो चुनौतिलाई सामना गरेर अगाडि बढ्ेका उनको चाहना अर्विटलाई इन्टरनेशनल युनिभरसिटी बनाउने पनि हो।
केही बर्षअगाडिसम्म टोफलको एक्जाम दिन नेपाली विद्यार्थीहरु भारत तथा चीन पुग्न बाँध्य थिए । अव अमेरिकामा अध्ययन गर्न जान भारत तथा चीनका विद्यार्थीहरु नेपाल आउन बाँध्य भैरहेको यथार्थतालाई उनले बताएका छन् । अमेरिका अध्ययनको नेपाल हब बनाउने कार्य अर्विटले अघिल्लो दुई बर्षबाट शुरु गर्न सफलता प्राप्त गरेकोले भारतीय तथा चीनीया विद्यार्थीहरु हप्तामा १० देखि २५ जनासम्म एक्जाम दिन त्यहाँ आउने गरेको छ ।
टोफल एक्जामको नेपालमा सेन्टर पाउनुको सफलताले पनि अर्विटले पाएको छ । जसमा सिईओ भट्टराईको अहोरात्र मेहनतको फल पनि हो ।
इनरुवा, सुनसरीको स्थायी बासिन्दा भएतापनि झापाको चन्दगढीबाट स्कुलिङ्ग सकाएर काठमाडौको त्रिचन्द्र कलेजबाट बीए र जनप्रशासन कलेजबाट एमपीए र कान्तिपुर सिटी कलेजबाट एमएमसिजीको उनले अध्ययन पूरा गरेका छन् । उनी अर्विटमा सिईओको जिम्मेवार कार्यको अलावा केएनके कलेज तथा सिंग्मा कलेजमा आमसंचार विषयमा गेष्ट लेक्र्चर भएर पढाउन पनि भ्याइरहेका छन् ।
जतिसुकै व्यस्तताका बाबजुद पनि वीकेन्डको शुक्रबार ४ बर्षकी छोरी र पत्नी सवितालाई टाइम दिने कार्य उनीबाट भएको छ । विशेषत वीकेन्डमा सिनेमा हेर्न तथा डिनरमा जान बढी रुचि राख्ने उनले हेरेको पछिल्लो नेपाली चलचित्रमा श्रीकृष्ण श्रेष्ठ अभिनित अन्तिम चलचित्र कोहिनूर नै हो । पहिला धेरै लेख्ने मान्छे हाल आएर धेरै किताब पढ्ने भएको छु भनेर पनि मुस्कुराउने कार्य भैरहेको समेत उनले खुलासा गरे।
प्रकाशन मिति–२०७३ साल माघ २२ गते शनिवार ।