साइकल चढ्ने कल्पनाको हिमाल आरोहण

Kalpana Maharjan 1काठमाडौ । दुई बर्षको बच्चालाई ललितपुरको ठेचो स्थित घरमा सासुको जिम्मामा छोडे्र हप्तौ हप्ता विदेशी टुरिष्टका ट्रेकिङ्ग गाइड बनेर कार्य गर्नु एउटी आमाकोे लागि कठिन कार्य अवश्य हो । त्यसमाथि,तिनै विदेशी टुरिष्टका साथमा ५ हजार फिट भन्दा माथिका दुई हिमाल मनास्लु र गणेश हिमालको सफल आरोहण गर्ने कार्य चानचुने उपलव्धी होइन।

यसलाई सामान्य भन्न रुचाउने २७ बर्षिया साहसी ट्रेकिङ्ग गाइड कल्पना महर्जनको योजना विश्वको अग्लो शिखर सगरमाथाको सफल आरोहण गर्नु नै हो । सगरमाथा चढ्ने क्रममा बेसक्याम्पबाट अगाडि बढ्ने क्रममा दुई बर्ष अगाडि थला परेकी उनमा सगरमाथा चढ्ने जोशमा कमी आएको पाइएको छैन्। समय र सन्दर्भ मिलाएर सगरमाथा चढ्ेरै रेकर्ड राख्ने सोचमा उनी रहेकी छन्।

Kalpana Maharjan 2

सगरमाथा भन्दा कम उचाईका हिमाल चढ्ने कार्य टूरिष्टहरुसँगै यसअघि नै गरेकी कल्पनाको लागि सगरमाथा आरोहण जीवनकै मिसन बनेको छ। त्यो मिसन पूरा गर्ने तयारीमा उनी क्रियाशील नै रहेकी छन्। लामो दूरीको हाइकिङ्ग पनि एक्लै जान रुचाउने पर्वतारोहण टोलीको कोअर्डिनेटर समेत रहेकी उनले ज्यानदार दर्जनौ विदेशी पर्यटकहरुलाई अघिपछि लगाएर हिड्ने कार्य गर्दैआएकी छन्। ट्रेकिङ्गको क्रममा पदयात्रा मार्गमा स्थानिय तथा पर्यटकबाट हालसम्म दूव्र्यवहार सहनु नपरेको यथार्थता बताउने उनले त्यसमा आफ्नो व्यवहारमा भर पर्ने गर्दछ भनेर भन्छिन्।

Kalpana Maharjan 3पेशाले पर्यटन पत्रकार समेत रहेकी उनलाई पर्यटन क्षेत्रमा पत्रकारिताको माध्यमबाट पु¥याएको योगदानको कदर स्वरुप गत बर्ष गन्तव्य नेपाल नामक संस्थाले नगद १० हजार सहित पुरस्कृत गरेको छ । ललितपुरकै सिद्धिपुरमा जन्मेकी उनले कन्जरभेटिभ स्वसाइटीबाटै उठेर लाइफलाई बेग्लै मोडमा ल्याउने कार्य भएको छ । यसमा विशेषत श्रीमानको विश्वास तथा साथ र परिवारको सहयोगलाई मैले विर्सन मिल्दैन भन्न रुचाउँछिन्।

Kalpana Maharjan 4हिजोका दिनमा सिद्धिपुरमा पहिलो पल्ट साइकल चढ्ेर काठमाडौ आतेजाते गर्दा छोरी विग्रियो भनेर अनेकन लान्छना लगाउनेहरु आज हिमाल चढ्ेर आएको खवर मिल्दा छोरी त कल्पना जस्तो पो हुनुपर्दछ भन्नेहरु यही कानले सुन्न थालेकी छु भनेर उनले सगौरब भनेकी छन् ।
प्रकाशन मिति–२०७३ साल माघ २२ गते शनिवार ।