चौधरी ग्रुप र निम्बसले युवाका नयाँ उद्यममा लगानी गर्ने

काठमाडौं । मुलुकमा दुई सफल युवा उद्यमीहरु चौधरी ग्रुपको सिजि कर्पका प्रबन्ध निर्देशक निर्वाण चौधरी र निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले ४ सय भन्दा बढी उद्यम शिलतामा प्रवेश गर्न चाहने युवालाई सम्बोधन गर्दै न्ेपालमा नयाँ युवा उद्यमीहरुका व्यवसायिक योजनामा आफुहरुले व्यक्तिगत र संस्थागत रुपमा लगानी गर्ने घोषणा गरेका छन् । हिमालयन क्लाईमेट इनिसिएटिभले काठ्माण्डौंमा आज आयोजना गरेको फाइनान्स योर ड्रिम कार्यक्रममा बोल्दै आनन्द बगरिया र निर्वाण चौधरीले उक्त घोषणा गरेका हुन् । गैर नाफा मुलक संस्था हिमालयन क्लाईमेट इनिसिएटिभ— एचसिआई ले काठ्माण्डौं र नेपालगन्जमा सामाजिक र व्यावसायिक उद्यमसिलताको विकास तथा विस्तार केन्द्र सञ्चालन गर्दै आएको छ । निर्वाण र आनन्द दुवै जना एचसिआईका सह संस्थापक हुन् ।
कार्यक्रमको सुरुवातमा बोल्दै एचसिआईका संस्थापक प्रशान्त सिंहले नेपालबाट ठुलो संख्यामा बाहिरि रहेका युवाहरुका लागि रोजगारीका लागि कयौं अवसरहरुको सिर्जना गर्नु अहिलेको सबै भन्दा महत्वपुर्ण सामाजिक अनिवार्यता भएको बताउनु भयो । उहाँले व्यावसायिक क्षेत्रले नै अधिकांश रोजगारिका अवसरहरु सिर्जना गर्ने भएकाले मुलुकमा त्यसको उपयुक्त वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताए ।
श्रृङखलाबद्ध रुपमा आयोजना हुने फाइनान्स योर ड्रिम कार्यक्रमको आज पहिलो श्रृङखला आयोजना भएको हो । यस कार्यक्रमले नेपालमा स्रोत—साधन सम्पन्न व्यापारिक तथा व्यवासायिक क्षेत्रका व्यक्तित्वहरु लाई जुटाएर नयाँ युवा उद्यमीहरुको पारिस्थितिक पद्धतिको सुधार र उन्नतिका लागि प्रत्यक्ष योगदान गर्नमा सहयोग गर्नेछ ।

कार्यक्रममा चौधरी ग्रुपको सिजि कर्पका निर्देशक निर्वाण चौधरीले सुचना प्रविधिका क्षेत्रमा रुची भएका नयाँ युवा उद्यमीलाई सहायता गर्न चौधरी ग्रुप प्रतिबद्ध भएको बताए । उनले युवाका नयाँ उद्यम तथा कम्पनिहरुलाई सहायता गर्न आफुहरु सँग प्रसस्त आर्थिक स्रोत उपलब्ध भएको पनि बताउनु भयो । निर्वाणले आफु पनि मुलुकको एक उद्यमी भएको बताउँदै आफुहरु समाजमा अन्य धेरैं उद्यमीहरु जन्माउन तत्पर भएकोमा दृढता व्यक्त गरे ।
सोही अवसरमा आफ्नो धारणा राख्दै निम्बस समुहका प्रबन्ध निर्देशक आनन्द बगरियाले नयाँ उद्यमसिलता दुवै तर्फबाट विकास हुन सक्ने बताए । पहिले उद्यमीहरुबाट अवधारण आएपछि मात्र लगानिकर्ताले लगानी गर्छन भन्ने सामान्य धारणा रहेको बताउँदै आनन्दले धेरै जसो समयमा लगानिकर्ता आफैंले अवधारणाहरु विकास गरेपछि नयाँ प्रतिभाशालि युवा उद्यमीहरुले उक्त योजनालाई अघि बढाउन पनि सक्ने स्मरण गराए ।