नारायणी उपक्षेत्रीय अस्पतालबाट हराएको नवजात शिशु तीन दिनपछि फेला

वीरगन्ज । नारायणी उपक्षेत्रीय अस्पतालबाट शुक्रबार हराएको नवजात शिशु आइतबार फेला परेको छ ।
पर्सा बेल्वा(९ बाट प्रहरीले आइतबार दिउँसो करिब पौने २ बजे शिशु फेला पारेको जनाएको छ । प्रहरीका अनुसार बच्चालाई अहिले एनआईसीयूमा राखिएको छ ।
वीरगन्ज उपमहानगरपालिका–१ छपकैयाकी आशादेवीले शुक्रबार अस्पतालको प्रसूति वार्डमा जन्माएकी शिशु हराएको थियो ।