छ करोडमा बिक्री भयो टुना किङ माछा

maitrinews

जापानमा एउटा माछा साढे छ करोड रुपियाँमा बिक्री भएको छ । रेष्टुरेन्ट टेनका मालिक क्युशो किमुरालले खरिद गरेको टुना फिस प्रजातिको टुना किङ नामले चर्चित सो माछाको तौल २१० किलो रहेको छ । जापानमा हरेक वर्ष टुना माछाको प्रदर्शनी हुने गर्छ । यो माछा निकै मन पराइन्छ र धेरै खपत हुने गर्छ । यो समुद्री माछाको शिकार बढी भयो भनी अधिकारकर्मीले यसको शिकार गर्न प्रतिबन्ध लगाउनुपर्ने मागसमेत गरेका छन् ।