जस्मिनपेन्टको अन्तरक्रियाका कार्यक्रम

maitrinews

काठमाडौं । देशको विभिन्न शहरहरुमा पेन्टर तथा व्यवसायी वीच अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्दै आएको जस्मिन पेन्ट्स प्रा.लि. ले यस वर्षको अन्तिम कार्यक्रम मिति काठमाण्डौमा सम्पन्न गरेको छ । जस्मिन पेन्ट्स नेपालका व्राण्ड एम्वेस्डरद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य “महजोडि” को विशेष उपस्थितिमा सम्पन्न सो कार्यक्रममा पुरस्कृत पेन्टर मजदुर साथीहरुलाई सम्मान तथा उपहार प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै एम्वेस्डरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले देशका धेरै उत्पादनहरु गुणस्तरीय बन्दै गइरहेकोले उपभोक्तालाई निर्धक्क भएर प्रयोग गर्न आव्हान गरे । त्यसो हुन सके मात्र देश संम्वृदिको मार्गमा अगाडी बढ्न सक्ने विषयमा उहाहरुले विशेष जोड दिए । कम्पनिका कन्ट्रि म्यानेजर रविन शर्मा भुषालले कम्पनिका महत्वपूर्ण उत्पादनहरु रोयल ग्लेज एक्स्टेरियर इमोल्सन र लो भोक पेन्ट होम एण्ड ट्रिमको बारेमा पनि जानकारी गराएका थिए । सो कार्यक्रममा देशका विभिन्न शहरहरुमा पेन्टर उपहार योजना भाग –३ अन्र्तगत उपहार विजेता पेन्टर मजदुरहरुलाई मोटरसाइकल, फ्रिज, टि.भि, ल्यापटप लगायतका पुरस्कारहरु वितरण गरिएको बारे जानकारी गराइयो ।