सवै सिरिजमा अफ फोनहरुमा टेलिकमको फोर जी चलाउन सकीने

काठमाडौं । नेपाल टेलिकमले सञ्चालन गरिरहेको फोर जी सेवा मंगलवारदेखि सवै सिरिजका आइफोन सेटहरुमा पनि प्रयोग गर्न सकिने भएको छ । यस अघि यो सेवा आइ फोन ५ सिरिजका सेटमा मात्र प्रयोग गर्न सकिने अवस्था थियो । अवदेखि आइफोन ६, ६ प्लस, सात, सात प्लयका सेटहरुमा पनि फो जी सेवा प्रयोग गर्न सकिने भएको छ ।
नेपाल टेलिकमले फोर जी सेवा सञ्चालन आरम्भ गर्नु अगावै देखि एप्पल कम्पनीका सवै सिरिजका मोवाइल फोन सेटहरुमा पनि यो सेवा प्रयोग गर्न सकिने व्यवस्था गर्न उक्त कम्पनीलाई आग्रह गरेपछि सो कम्पनीले आगामी मार्च महिना देखि सो व्यवस्था गर्ने योजना भएको जानकारी गराएको थियो । फोर जी सेवा सञ्चालन भइसके पछि पनि आइफोनका केही सिरिजहरुमा सेवा प्रयोग गर्न नपाउँदा ग्राहकहरुलाई मर्का परेको महसुस गरी नेपाल टेलिकमले निरन्तर रुपमा एप्पल कम्पनीलाई आग्रह गरेपछि सो कम्पनीको निर्धारित समय अगावै वेटा भनर्सन रिलिजगरी गरी आई फोन सिरिजका सेटहरुमा फोर जी सेवा सञ्चालन गर्न सकिने व्यवस्था गरिदिएको हो ।
नेपाल टेलिकमले गत १७ पुस गते देखि नेपालमै पहिलो पटक फोर जी सेवा सञ्चालनमा ल्याएको थियो । आरम्भमा काठमाडौ उपत्यका र पोखरा उपत्यकाका पोष्टपेड मोवाइलका ग्राहकहरुका लागि यो सेवा उपलब्ध गराइएको र कम्पनीको वार्षिकोत्सवका अवसरमा गत २२ माघ देखि काठमाडौ र पोखराका प्रिपेड मोवाइल सेवाका ग्राहकहरुलाई पनि यो सेवा उपलब्ध भएको छ ।