राष्ट्रिय व्यवस्थापन सम्मेलन हुने

maitrinews

काठमाडौं । नेपाल व्यवस्थापन संघको ३६ औं राष्ट्रिय व्यवस्थापन सम्मेलन तथा वार्षिक साधारणसभा आगामी शुक्रबार हुने भएको छ । सो कार्यक्रमा प्रधानमन्त्री तथा नेपाल राष्ट्र बैंकका गभर्न डा. चीरन्जीवि नेपाल लगायत पूर्व गभर्नरहरुको उपश्थिति रहनेछ । राष्ट्र बंैकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कार्यपत्र प्रश्तुत गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै प्रा.डा. सतिशकुमार ओझाले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक र ब्यवस्थापन सहितका विविध बिषयलाई समेटिएको अनुसन्धानमा आधारित नेपाल व्यवस्थापन संघको प्रकाशन ‘सन् २०१६ को व्यवस्थापन बिकास परिदृष्य’ का बारेमा प्रस्तुति दिनेछन् ।