‘बिहेवारी २० वर्ष पारि’

maitrinews

 

कोहलपुर (बाँके), २९ माघ । स्थानीय विकास मन्त्री हितराज पाण्डेले बालविवाह रोक्नका लागि ‘बिहेवारी २० वर्ष पारि’ नारालाई कार्यान्वय गर्र्नुपर्ने बताउनुभएको छ ।

टिटिहिरिया गाविसलाई पहिलो बालमैत्री गाविस घोषणा गर्दै मन्त्री पाण्डेले मुलुकलाई बालमैत्री बनाउन बालविवाहलाई रोक्न सो नारालाई व्यवहारमा उतार्न जरुरी रहेको बताउनुभयो । “अन्य गाविस र नगरपालिकाले पनि अनुशरण गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

मुख्य काम संविधान कार्यान्वय भएकाले सरकार स्थानीय निकायको निर्वाचनको तयारीमा लागिपरेको बताउनुभयो । असन्तुष्ट दललाई समेटेर स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न छलफल गर्दैआएका मन्त्री पाण्डेको भनाइ थियो ।

कार्यक्रममा स्थानीय विकास मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डे, सांसद आशा विक, दलबहादुर सुनारलगायतले बालमैत्री घोषणाका लागि आवश्यक पर्ने ३९ वटा सूचक पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । जिल्लाको पहिलो बालमैत्री गाविस घोषणा भएको टिटिहिरियामा १४ हजार जनसङ्ख्यामध्ये तीन हजार ९५२ बालबालिका रहेका गाविस सचिव तप्तराज पौडेलले जानकारी दिनुभयो ।