पशुपति पेन्ट्सद्वारा १५० थान लाइफ ज्याकेट हस्तान्तरण

काठमाडौं । पशुपति पेन्ट्सले बेगनास ताल डुङ्गा ब्यवसाय समितिलाई १५० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको छ । पशुपति पेन्ट्सले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत समितिलाई सो ज्याकेट उपलब्ध गराएको हो । कम्पनीले हालै बेगनास ताल डुङ्गा ब्यवसाय समितिलाई एक विशेष समारोहबीच लाइफ ज्याकेट सहयोग स्वरुप हस्तान्तरण गरेको जानकारी दिएको छ ।
विगत लामो समयदेखि पशुपति पेन्ट्सले समय समयमा विभिन्न समयमा कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता क्रियाकलापहरु गर्ने गरेको छ । यही कर्पोरेट सामाजिक उत्तरदायित्वको क्रममा कम्पनीले १५० थान लाइफ ज्याकेट सहयोग स्वरुप हस्तान्तरण गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।