रुससँगको विवादमा ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार बर्खास्त
अमेरिका । आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनको रुससँगको विवादास्पद सम्बन्ध रहेको खबरहरुका माझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उहाँलाई पदमुक्त गर्नुभएको छ ।
ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्नु अघि नै फ्लिनले रुसी राजदूतसँ अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धबारे छलफल गरेको भन्ने खबरहरु आएपछि उहाँलाई पदबाट हटाउनुपर्ने आवाज उठेपछि आज पदमुक्त गरिएको हो ।
डेमोक्रेटिक पार्टिकी वरिष्ठ नेतृ न्यान्सी पलोसीले फ्लिनले अमेरिकी जनतालाई ढाँटेको भन्दै उनलाई राष्ट्रपति ट्रम्पले पदबाट हटाउनुपर्ने माग गर्नुभएको थियो।
फ्लिनले रुसभन्दा माथि अमेरिकाको स्वार्थ राख्छन् भनेर विश्वास गर्न नसकिने उहाँको दावी थियो।