ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारद्वारा राजीनामा

वासिङटन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार मिचेल फ्लिनले सोमबार राति राजिनामा दिनुभएको छ ।

Trump

ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्नु अघि नै फ्लिनले रुसी राजदूतसँग अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धबारे छलफल गरेको भन्ने खबर आएपछि उहाँले पद्बाट राजीनामा दिनु्भएको हो ।

ट्रम्पले गत जनवरीमा राष्ट्रपति पद सम्हालेपछि नियुक्त गरेका मध्ये पदत्याग गर्ने उहाँ सबैभन्दा उच्च तहको व्यक्ति हुुनुहन्छ ।

ट्रम्पको चुनावी अभियानका क्रममा उच्च तहको सल्लाहकारको भूमिकामा रहनुभएका सेनाका पूर्वजनरल कैथ केलोङलाई फ्लिनले राजीनामा दिएपछि कार्यबहाक राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको छ।

डेमोक्रेटिक पार्टिकी वरिष्ठ नेतृ न्यान्सी पलोसीले फ्लिनले अमेरिकी जनतालाई ढाँटेको भन्दै उहाँलाई पदबाट हटाउन राष्ट्रपति ट्रम्पसँग माग गर्नुभएको थियो।

फ्लिनले आपूmबारे आएका खबरहरुका लागि उपराष्ट्रपति समक्ष माफी माग्नुभएको थियो। उहाँले रुसी राजदूत सेरगेइ किसलियाकसँगको छलफलबारे गलत प्रचार भएको दावी गर्नुभएको थियो।

तर सर्वत्र आलोचना हुनुका साथै राजीनामाको दवाव परेपछि उहाँले राजीनामा दिनुभएको हो। रासस/सिन्ह्वा

प्रकाशन मिति–२०७३ साल फागुन ३ गते मंगलवार ।