भूकम्प पीडित अझै पालमा

maitrinews

 

काठमाडौँ, ४ फागुन । भूकम्प गएको दुई वर्ष हुनलाग्दा पनि काठमाडौँको चुच्चेपाटीस्थित ताराचौरमा अहिले पनि छ सय परिवार पालमा बस्न बाध्य छन् ।

नुवाकोट र सिन्धुपाल्चोकमा यी परिवारले कुनै पनि राहत नपाएको गुनासो गरेका छन् । भूकम्पपीडित सुस्मिता थापाले सानो पालमुनि आठ÷नौ जना बस्नुपर्दा निकै गाह्रो भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले कुनै राहत पाउन सकेनाँै, पिउने पानी, शौचालयको निकै समस्या छ, बालबच्चा र वृद्धवृद्धालाई रुघाखोकी र ज्वरो आउने समस्या भएको छ ।”

राहत नपाएर गाउँ फर्कन नसकेका कारण जीवन गुजार्न पनि मजदुरी गर्नुपरेको भूकम्पपीडितले बताए । थापाले चौरको पालमा बस्दा महिला पनि असुरक्षित बन्दै गएकाले सरकारलाई राहत सहयोगका लागि आग्रह गर्नुभयो ।

चौरमा सञ्चालन भएका साना होटलमा आई रक्सी सेवन गर्न आएका पुरुषले पालमा बस्ने महिला र युवतीलाई अपशब्द बोल्ने र दुव्र्यवहार गर्ने गरेको उनीहरुले गुनासो गरेका छन् ।

पीडितले सरकार र प्रशासनसँग राहत र सुरक्षाको मागसमेत गरेका छन् । रासस