प्रणय दिवसका अवसरमा टेलिकमको छुट
काठमाडौ, ४ फागुन ।
नेपाल टेलिकमले प्रणय दिवसका अवसरमा कम्पनीको जीएसएम सेवाका ग्राहकहरुका लागि २५ रुपैयाँमा २५० मिनेटको टक टाइम भएको नाइट भ्वाइस प्याकेज अफर ल्याएको छ । यो अफर फागुन ३ गते देखि फागुन १७ गते सम्म लागू हुनेछ । यो प्याकेजको अवधि ग्राहकले लिएको मितिबाट ७ दिनसम्म रहनेछ । यो अफर अन्तर्गत लिएको प्याकेजको उपयोग राती १० बजे देखि विहान ६ बजेसम्म गर्न सकिनेछ । यो प्याकेज लिनका लागि भिडिएवाई टाइप गरी १४१५ मा एकएमएस गर्नुपर्ने कम्पनिले जनाएको छ ।
यस्तैगरी कम्पनीले सोही अवसरमा हरेक जीएसएम तथा सीडीएमए प्रिपेड सीम तथा रीमको खरिदमा अर्को त्यस्तै सीम वा रीम निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । दुवै सीम वा रीममा ५० बराबरको टक टाइम उपलब्ध हुनेछ । यो अफर फागुन ३ गते देखि ५गतेसम्म लागू हुनेछ । यो अफर सेवा कम्पनीका काउन्टरहरुबाट मात्र उपलब्ध हुनेछ ।