अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइन बिचको द्वन्द्वको समाधान दुई राज्यको अवधारणा अन्तर्गत हुनुपर्ने धारणामा अब संयुक्त राज्य अमेरिकाले अडान नराख्ने बताउनुभएको छ ।
ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँगै आयोजित पत्रकार सम्मेलनमा उहाँले द्वन्द्वरत पक्षहरुले नै कसरी समाधान खोज्ने भन्ने निर्णय गर्नुपर्ने बताउनुभयो।
इजरायली प्रधानमन्त्री नेतन्याहुले चाहीं अधिनस्थ वेस्ट ब्यांक क्षेत्रमा इजरायलको सुरक्षा नियन्त्रण हुनैपर्नेमा जोड दिनुभयो।
प्यालेस्टाइनले भने दुई राज्यकै अवधारणामा समाधान खोजिनुपर्नेमा प्रतिबद्धता जनाएको छ।
ओबामा प्रशासनसँग आठ वर्ष चलेको रस्साकस्सीपछि इजरालले अब ह्वाइट हाउससँग सम्बन्ध सुदृढ पार्ने अपेक्षा गरिरहेको छ।
पत्रकार सम्मेलनमा दुबै नेताले अमेरिकी नीतिको लामो समयदेखिको आधारशीला रहेको स्वतन्त्र प्यालेस्टाइनको पक्षमा मुख खोल्नुभएन।
अमेरिका खुलेर इजरायलको पक्षमा, प्यालेस्टाइन स्वतन्त्र राज्य बन्ने सम्भावना कमजोर
maitrinews
