माओवादी विप्लवबाट लम्की बहुमुखी क्याम्पस कैलालीका प्रमुख र सहायक प्रमुखको अपहरण

काठमाडौ। लम्की बहुमुखी क्याम्पस कैलालीका प्रमुख र सहायक प्रमुखलाई नेकपा माओवादी विप्लवले बुधवार अपहरण गरेको पुष्टि भएको छ। अझै उनीहरुलाई छाडिएको छैन्।Dhangadi अपहरण गरिएका क्याम्पस प्रमुख भिष्म थापा र सहायक प्रमुख कमल विष्टलाई नछाड्दा परिवार र क्याम्पसका शिक्षक विद्यार्थी त्राशमा रहेका छन्। विप्लव माओवादी निकट भन्ने अखिल क्रान्तिकारीका विद्यार्थीले क्याम्पस परिसरबाटै कब्जामा लिएर अज्ञातस्थलमा लगिएका उनीहरुको बारेमा प्रष्ट पारिएको छैन्।

यद्यपि, दुबै जना सकुशल रहेको मानवअधिकारकर्मी कर्ण कुँवरले भनेका छन्। यही आउने फागुन १४ गते हुन लागेको स्ववियु निर्वाचनको विरोध रहेको विप्लव माओवादीनिकट अखिल क्रान्तिकारीले देशभरका क्याम्पसमा स्ववियु निर्वाचन नगर्न धम्की दिंदै आएका छन्। प्रहरीले पनि शिक्षकहरुको खोजी गरिरहेको छ।

मानवअधिकारकर्मीहरुले कुनै बहानाबाजी नगरी दुबै जनालाई तत्काल छाड्न अपहरणकर्तासँग आग्रह गरेका छन्।

प्रकाशन मिति–२०७३ साल फागुन ५ गते विहीवार ।