अमेरिका जान हिँडेका सयौँ नेपाली मेक्सिकोमा अलपत्र,नेपाली दूतावासले उद्धार गर्न सकेन

 

काठमाडौँ । अमेरिका जान हिँडेका तीन सयभन्दा बढी नेपाली मेक्सिकोमा अलपत्र परेका छन् । अमेरिकी प्रशासनले अमेरिका प्रवेशमा कडाडँ गरेपछि उनीहरु त्यहाँ अलपत्र परेका हुन् । अमेरिका प्रवेशको आशमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौ लगाएर मेक्सिको पुगेका उनीहरु अमेरिकी र मेक्सिकोको सीमामा अलपत्र अवस्थामा छन् ।
उनीहरुले न्युनतम ४० देखि अधिकतम ७५ लाखसम्म खर्चेका छन् । आरम्भमा २० देखि २५ भनिने तर बाटोमा थप रकम माग्दै जानले लागत रकम बढ्ने गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा कडाई र आप्रवासीप्रति कडा नीति लिएपछि नेपाली र अन्य मुलुकका त्यसरी गैरकानुनी रुपमा प्रवेशी गर्न चाहनेहरुलाई असहज भएको हो ।
वासिङटन डीसीस्थित नेपाली दूतावासले मेक्सिकोमा नेपालीहरु अलपत्र परेको खवर थाहा पाए पनि उनीहरुको उद्धार गर्न सकेको छैन ।