कपाल काटेर महिलाले बनाइन् विश्व कीर्तिमान

भारतमा एक महिलाले धेरै जनाको कपाल काटेर विश्व कीर्तिमान कायम गरेकी छिन् । गुजरातको सुरतमा ब्युटी पार्लर सञ्चालन गर्दै आएकी शीतल शाहले २४ घण्टामा ५७१ जनाको कपाल काटेर गिनिज बुकमा नाम लेखाएकी हुन् । यसअघि लन्डनका एक दम्पतीले २४ घण्टामा ५२१ जनाको कपाल काटेर बनाएको कीर्तिमन उनले तोडेकी हुन् । बिहान सबा नौ बजेदेखि कपाल काट्न शुरु गरेकी शाहले भोलि पल्ट बिहान सबा नौ बजेसम्म ५७१ जनाको कपाल काट्न सफल भइन् ।