शङ्खरापुरलाई कागेश्वरीमा विलय नगराउन माग

maitrinews

काठमाडौ। साँखुस्थित शङ्खरापुर नागरिक समाजले स्थानीय निकाय पुनःसंरचना आयोगबाट सरकारलाई बुझाएको प्रतिवेदन जनभावना विपरीत रहेको भन्दै त्यसलाई सच्याउन माग गरेको छ।

Sankhu

विहीवार आयोजित पत्रकार सम्मेलनमा सांसद दीपक कुइँकेलले शङ्खरापुरका जनताको परिचय, त्यहाँको इतिहास मेटाउने गरी शङ्खरापुर नगरपालिकालाई कागेश्वरी मनहरा नगरपालिकामा विलय गराउन नहुने जिकिर गरेका छन्।

उपत्यकाको पुरानो तर भौगोलिक रुपमा ठूलो सांस्कृतिक सहर शङ्खरापुर नगरपालिकालाई यथास्थितिमा नै निरन्तरता दिनुपर्ने कुइँकेलको भनाइ थियो। समाजका संयोजक रुपेशलाल श्रेष्ठले सो नगरपालिका विलय गरिएमा दुर्गम पहाडी स्थानका जनताले स्थानीय नगरपालिकाबाट पाउनुपर्ने सेवा र सुविधाबाट वञ्चित हुने र जनजातिको पहिचान खतरामा पर्ने बताए।

वि.सं २०७१ मा मङ्सिर १६ गते ती दुवै नगरपालिका घोषणा गरिएको थियो । हाल शङ्खरापुर नगरपालिकामा २५ हजार तथा कागेश्वरी मनहरा नगरपालिकामा ७५ हजार जनसङ्ख्या रहेका छन्।

आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न आग्रह गर्दै समाजले त्यसो नभएमा सशक्त आन्दोलनका कार्यक्रम गरिने चेतावनीसमेत दिएको छ।
प्रकाशन मिति–२०७३ साल फागुृन ५ गते विहीवार ।