पाकिस्तानको सिन्ध प्रान्तमा आत्मघाती आक्रमण,७० जनाको मृत्यु , एक सयभन्दा बढी घाइते

पाकिस्तान । पाकिस्तानको सिन्ध प्रान्तस्थित एक सूफी समाधिस्थलमा गरिएको एक आत्मघाती बम हमलामा कम्तीमा ७० जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्।
स्थानीय सन्चार माध्यमहरुले झण्डै एकसय जना अन्य घाइते भएको जनाएका छन्।
पाकिस्तानका सबैभन्दा प्रसिद्ध सूफी धार्मिकस्थलहरुमध्ये एक सहवानस्थित सन्त लाल शाहबाज कलन्दरको समाधिस्थलमा सो हमला गरिएको थियो।
प्रत्यक्षदर्शीहरुले बिहीबार बेलुका उक्त समाधिस्थलनमा भक्तजनहरुको भीड लागेका बेला सो हमला गरिएको बताएका छन्। विष्फोट पछि त्यहाँ भागदौड मच्चिएको थियो।
त्यसक्षेत्रमा केवल एउटा सानो अस्पताल रहेको र चिकित्सकहरुले घाइतेहरुको उपचार गर्न प्रयास गरिरहेको बताइएको छ।
हताहतिको संख्या अरु बढ्न सक्ने आशँका गरिएको छ।
आफुलाई इस्लामिक स्टेट भन्ने एक संगठनले सो हमलाको जिम्मा लिएको छ।

पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले सो हमलाको निन्दा गरेका छन्
पाकिस्तानमा केही समय यता लगातार उग्रवादी हमलाहरु गरिँदै आएका छन्।
गत सोमबार लाहोर शहरमा गरिएको एक बम हमलामा वरिष्ठ प्रहरी अधिकारीहरु सहित कम्तीमा १३ जनाको ज्यान गएको थियो भने असीजना भन्दा बढी घाइते भएका थिए।
पन्जाब प्रान्तीय विधानसभा बाहिर सैयौं मानिसहरुले विरोध जनाइरहेका बेला उक्त विष्फोट गराइएको थियो।
तालिबानको एक गुटले सो हमलाको जिम्मा लिएको थियो।