धादिङमा विहानै भूकम्पको धक्का

Earthquake

काठमाडौ । आज शनिवार बिहान ६ बजे धादिङ बेनीघाट केन्द्रविन्दु भएको ४.४ रिक्टर स्केलको भूकम्प गएको छ ।

यो भूकम्प गत बर्ष २०७२ साल बैशखा १२ गते गएको महाभूकम्पको पराकम्प नै भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

महाभूकम्प पछि हालसम्म ४ रेक्टर स्केल तथा त्यसभन्दा माथिका ४ सय ७७ पराकम्प गैसकेको पनि केन्द्रले जनाएको छ।

धादिङ्गको बेनिघाट केन्द्रविन्दु भएर गएको आजको भूकम्पले धादिङ्ग हल्का हल्लाएको थियो।
प्रकाशन मिति–२०७३ साल फागुन ७ गते शनिवार ।