स्पेनिस ला लिगामा वार्सिलोनालाई पछि पार्दै सेभिल्ला दोस्रो स्थानमा

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा सेभिल्लाले एइबरलाई हराएको छ र, बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ ।
गए राति भएको खेलमा सेभिल्लाले एइबरलाई २—० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा ३० औं मिनेटमा पाब्लो साराबियाको गोलबाट अग्रता लिएको थियो । खेलको अन्त्यतिर भिटोलोले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे ।
जितसँगै २३ खेलबाट ४९ अंक जोडेको सेभिल्लाले बार्सिलोनालाई पछि पारेको छ र दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाको ४८ अंक छ र उसले एक खेल कम खेलेको छ भने लिग लिडर रियल मड्रिडको २१ खेलबाट ५२ अंक छ ।