काठमाडौ। पुरुषका लागि गर्भनरोधको अस्थायी साधन भनेको कण्डम मात्रै हो । त्यो पनि भरपर्दाे छैन । यौन सम्बन्ध राख्दा राख्दै फुट्ने सम्भावना पनि हुन्छ कण्डममा । यौन सम्बन्ध राख्दा राख्दै फुट्यो भने मानसिक नाव त छँदैछ, यौन सम्बन्ध पनि सुमधुर बन्न सक्दैन ।
तर, अब चिन्ता लिनुपर्दैन । वैज्ञानिकहरुले हालै यस्तो जेल तयार पारेका छन् जसले यी सबै समस्याबाट मुक्ति दिलाउँछ । कण्डम लगाउन पनि पर्दैन । यो नयाँ प्रविधि पहिलोपटक भाले बाँदरमा सफलतापूर्वक परीक्षण गरिएको छ । पुरुष गर्भ्निरोधक क्रिम बनाउने कम्पनीले दुई वर्षको परीक्षणपछि यो क्रिम कामयावी रहेको पुष्टि भएको दाबी गरेको छ ।
बीबीसीका अनुसार, अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाका शोधकर्ताहरुले १६ वटा भाले बाँदरमा यो जेलको परीक्षण गरेका थिए । जसले सकारात्मक नतिजा दिएको कम्पनीको दाबी छ । अव क्रमिक रुपमा यस जेलको प्रयोग मानिसमा पनि गर्ने तयारी भैसकेको छ।
बाँदरमा जस्तै मानिसमा पनि यस जेलको प्रयोगले सफलता मिलेपछि गर्भनिरोधको लागि कण्डम आवश्यक नहुने भएको छ।
प्रकाशन मिति–२०७३ साल फागुन ८ गते आइतवार ।