प्याब्सनको महाधिवेशन राजधानीमा सुरु

maitrinews

 

काठमाडौँ । निजी तथा आवासीय विद्यालय संगठन नेपाल(प्याब्सन) को १३ औं राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रज्ञाभवन कमलादीमा महाधिवेशन उदघाटन गर्नुभयो ।

महाधिवेशनमा मुलकभरबाट १ हजार ८ सय ५० प्रतिनिधि सहभागी छन् । ।

महाधिवेशनले दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन पनि गर्ने छ । नयाँ नेतृत्वका लागि एमाले निकट टीकाराम पुरी र माओवादी केन्द्र निकट विजय सम्बाहाम्फे प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
पुरी नेतृत्वको समूहको वरिष्ठ उपाध्यक्षमा सुमनगोपाल आचार्य, खुला उपाध्यक्षमा हिरा चन्द र ईश्वर गुरुङ तथा महासचिवमा गोपाल आचार्यको उम्मेदवारी घोषणा गरिएको छ ।
यसैगरी, सम्बाहाम्फे समूहले उम्मेदवारी घोषणा गरिसकेको छ । सम्बाहाम्फे समूहबाट वरिष्ठ उपाध्यक्षमा डीके ढुंगाना, उपाध्यक्षमा कृष्ण अधिकारी र आशिष श्रेष्ठ र महासचिवमा राजेन्द्र बानियाँ रहेका छन् ।

देशभर करीब १० हजार निजी विद्यालयहरुमध्ये ६ हजार ५ सय प्याब्सनमा आबद्ध छन् । प्याब्सनका ७२ जिल्ला शाखा छन् ।
६७ सदस्यीय कार्यसमितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ८ जना भूगोल र एक महिलासहित ९ जना उपाध्यक्ष रहनेछन् । यसैगरी एक महासचिव र एक उपमहासचिव रहनेछन् ।
त्यस्तै एक महिला र ३ जना खुलासहित ४ सचिव तथा दुईजना सहकोषाध्यक्ष कार्यसमितिमा रहनेछन् । अन्य सदस्यहरु रहनेछन् ।