हिटलरको फोन साढे दुई करोडमा लिलामी

maitrinews

 

मेरिल्यान्ड । जर्मनीका तानाशाह एडोल्फ हिटलरले दोस्रो विश्वयुद्धताका प्रयोग गरेको रातो रङको टेलिफोन सेट दुई लाख ४३ हजार डलर(करिब साढे दुई करोड रुपियाँ)मा लिलामी भएको छ । दोस्रो विश्वयुद्धका बेला सन् १९४५ मा बर्लिनको बङ्करमा रुसी सेनाले सो टेलिफोन सेट फेला पारेको थियो । युद्धमा जर्मनीले आत्मसमर्पण गरेपछि सोही बङ्करमा हिटलरले आत्महत्या गरेका थिए । रुसी सेनाले सो टेलिफोन सेट बेलायती अफिसर सर राल्फ रेनलाई उपहार स्वरुप दिएको थियो । हिटलरले सोही फोनमार्फत आदेश दिँदै लाखौँ मानिसको हत्या गरेका थिए । सो फोनलाई ‘सामूहिक नरसंहारको हतियार’ भनी उपमा दिइएको छ ।