वैशाख ३१ गते अव स्थानीय तहको निर्वाचन

Prime Minister office of Nepal

काठमाडौ। नेपाल सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

यसअघि प्रधानमन्त्रीसँगको परामर्शमा निर्वाचन आयोगका पदाधिकारीले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसँग प्रस्ताव गरेका थिए।

प्रकाशन मिति–२०७३ साल फागुन ९ गते सोमवार ।