महिलालाई मोटरड्राइभिङ तालिम

काठमाडौँ । काठमाडौं देशको राजधानी भएको कारण मोटर ड्राइभिङ त्यसमा पनि
ट्याक्सी व्यवसाय एकदमै राम्रो रोजगारीको माध्यम मानिन्छ । अन्य पेशामा
जस्तै ड्राइभिङ पेशामा पनि महिलाको संख्या न्युन छ । धेरै महिला
यात्रुहरु रातको समयमा समेत जोखिमपुर्ण अवस्थामा यस्ता सवारी साधनहरु
प्रयोग गरिरहेका हुन्छन् । महिलामैत्री वातावरण नरहेको र ट्याक्सी
ड्राइभर महिला नभएका कारण रातको समयमायात्रा गर्दा उनिहरुमा हिंसा समेत
हुने गरेको छ । अपराधिक काममा समेत यस्ता साधनको प्रयोग बढिरहेको
तथ्यांकले देखाउछ । अर्कातिर महिलाको आर्थिक अवस्था समेत कमजोर रहेको र
परिवारका सदस्यहरुसँग आश्रित रहनुपर्ने अवस्था व्याप्त छ । यस्ता
समस्याको समाधानका लागि महिला ड्राइभरहरुको संख्या बृद्धि गरी
उनिहरुहरुलाई समेत यस्ता आर्थिक उपार्जनका काममा सक्रिय बनाउदा महिला
हिंसा समेत घटाउन मद्धत पुग्ने देखिन्छ ।
महिलाहरुलाई आर्थिक रुपमा सक्षम र आत्मनिर्भर बनाउने लक्ष्यका साथ केहि
वर्ष अघिदेखि काठमाडौं ३ बाट निर्वाचित सांसद रामेश्वर फुयालले आफ्नो
निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट केहि रकम विनियोजन गर्दै आउनु भएको
छ । वौद्ध महिला समुहले यो कार्यक्रमको संचालन गर्दै आएको छ । मोटर
ड्राइभिङ तालिम मार्फत शिक्षित तथा अशिक्षित बेरोजगार युवती, दलित,
जनजाती महिलाहरु स्वरोजगार भई समाजमा आर्थिक रुपमा सक्षम र आत्मनिर्भर
हुनेछन भन्ने सांसद फुयालको विश्वास रहेको छ ।
सोमबार सांसद फुयालकै प्रमुख आतिथ्यतामा बौद्ध महिला समुहले तालिमको
उद्घाटन गरेको छ । उद्घाटन पछी बोल्दै सांसद फुयालले तालिम प्राप्त गरी
आफुमा आनर्तनिहित क्षमता उजागर गर्दै स्वरोजगार हुन सकिने बताउनुभयो ।
“आफ्नो जीवनस्तर उकास्न तथा आर्थिकस्तर सुदृढ गर्न तालिम उपयोगी र फलदायी
रहेको छ ।” उहाँले भन्नुभयो । महिलाहरु विभिन्न पेशा व्यवसायमा संलग्न
हुनुका साथसाथै आर्थिक स्तरमा वृद्धि हुने छ र समतामुलक समाजको निर्माणमा
सहयोग पुग्नेमा फुयालको विश्वास रहेको छ । उहाँले भन्नुभयो “आर्थिक
उपार्जनमा पुरुष सरह महिलाले पनि केही गर्न सक्दछन भन्ने भावनाको विकास
हुन्छ ।”
समुहका अध्यक्ष लक्ष्मी श्रेष्ठले महिलाहरुलाई सक्षम र चेतनशील बनाउँदै
रोजगारीका अवसर सिर्जना गर्न तालिम संचालन गरिएको जानकारी दिनुभयो ।
उहाँले महिलालाई हरेक क्षेत्रको मुलधारमा ल्याउन सिर्जनात्मक र
जिवनउपयोगी तालिम दिदै आएको बताउनुभयो ।
यस आ।व। मा निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रु। दुई लाख विनियोजन
गरिएको सांसद फुयालले जानकारी दिनुभयो ।