चुनावमा लाग्न आमजनतालाई एमालेको आह्वान

maitrinews

काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको निर्वाचन घोषणाको स्वागत गर्दै चुनावमा उत्साहपूर्ण रुपमा सहभागी हुन सर्बसाधारणमा आव्हान गरेको छ । चुनाव घोषणापछि आज पार्टी मुख्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटीको बैठकले चुनावको कानुनी र राजनीतिक वातावरण बनाउन समेत सरकारलाई आग्रह गरेको छ । बैठकले निर्वाचनको घोषणा सकारात्मक भएको निश्कर्ष निकालेको हो ।

बैठकले निर्वाचनको काननी र राजनीतिक वातावरण निर्माण गरी निर्वाचनको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराएको एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले वताउनुभयो । ।

बैठकले स्थानीय तह पुनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिबेदनमा पुनरावलोकन गरिदा संवैधानिक जटिलता आउन सक्ने हुनाले आयोगले बुझाएको प्रतिवेदनकै आधारमा निर्वाचन गराउन र संविधान संशोधन विधेयक अगाडि नबढाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

एमालेले स्थानीय तहको निर्वाचनमा उत्साहपूर्ण ढंगले सहभागी हुन र त्यसका निम्ति वातावरण बनाउन आम नागरिकलाई आह्वान पनि गरेको छ ।