नेपाल छाला जुत्ता उत्पादक संघको छैठौं प्रर्दशनी

maitrinews

काठमाडौँ । कला र कौशल हम्रो, नेपाली ब्राण्ड नै राम्रो भन्ने मूल नारा साथ भोलि ११ गतेदेखि १९ गतेसम्म नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा काठमाडौंको भृकुटी मण्डपको प्रर्दशनी स्थलमा छैठौं बृहत राष्टिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन हुन गइरहेको छ । नेपाली साना घरेलु तथा लद्यु उद्योेगहरुलाई बैज्ञानिक रुपले आधुनीकरण गर्दै भविष्यमा बिदेशी बजारमा समेत सुपरीचित गराउँदै राष्टिय अर्थतन्त्रमा परिवर्तन ल्याउने लक्ष्य रहेको अध्यक्ष जीवन नेपालीले बताउनुभयो ।
मेलामा करीब ५० देखि ८० हजार दर्शक भित्राउने लक्ष्य लिइएको छ । जुत्ताका सौखिन पारखीहरु, आम सचेत उपभोक्ताहरु, जुत्ताको कच्चा पदार्थका आपूर्ति कर्ताहरु तथा खरीद कर्ताहरु लाई लक्षित गरिएको मेला संयोजक राजेश बिशंखेले जानकारी दिनुभयो ।
मेलामा पछिल्ला उत्पादनहरु भन्दा नितान्त तथा नयाँ मोडलका आधुनिक छालाजन्य वस्तु प्रर्दशन गर्ने, बिक्रि बितरणमा ६ महिना वारेन्टी तथा १५ देखि २५ सम्म छुट दिने महासचिव बासु नेपालिले जानकारी दिनुभयो ।