शिष्टाचार भेटघाट

maitrinews

 

काठमाडौँ, १० फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आज बिहान उहाँकै निवास बुढानिलकण्ठमा नेपालका लागि चिनियाँ राजदूत यू होङले शिष्टाचार भेटघाट गर्नुभएको छ ।

नेपाल र चीनबीचको आपसी सहयोग र सदभावपूर्ण सम्बन्ध तथा समसामयिक विषयमा भेटघाट केन्द्रित भएको भेटपछि काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

भेटका अवसरमा राजदूत होङले नेपालमा स्थानीय तहको निर्वाचनको मिति घोषणा भएकोमा खुशी व्यक्त गर्दै नेपालको पर्यटन, कृषि, विद्युत लगायतका क्षेत्रमा विकासका लागि सहयोग पु¥याउन चीन इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो ।

उक्त अवसरमा सभापति देउवाले आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष रहेकाले स्थानीय तहको निर्वाचन गरिनु अपरिहार्य रहेको बताउँदै संविधान संशोधनका लागि संसदमा पेस भएका संशोधन प्रस्ताव पारित हुने र तराई केन्द्रित दलहरुको भावनासमेत सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालको विकासमा चीन सरकार र त्यहाँका जनताबाट प्राप्त निरन्तर सहयोग र सद्भावको हार्दिक सह्राना पनि गर्नुभएको मुख्यसचिव पौडेलले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । रासस