मौद्रिक नीतिका नयाँ ब्यवस्थाको कार्यान्वयनमा चेम्वरको जोड

maitrinews

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले विद्यमान मौद्रिक नितिमा अर्ध(वार्षिक समिक्षा मार्फत नेपाल राष्ट्र बैंकले गरेको नयां व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयन हुनु पर्ने उल्लेख गर्दै पछिल्लो समयमा बैंक तथा वित्तिय संस्थाहरुमा देखिएको तरलताको समस्या र सोबाट सृजित लगानी योग्य रकमको अभावमा समग्र नीजि क्षेत्र प्रभावित भएकाले अविलम्व समाधान हुनुपर्नेमा जोड दिएको छ ।
मौद्रिक नितिको अर्ध(वार्षिक समिक्षामा गरिएका व्यवस्थाहरुबाट आर्थिक गतिविधिहरु गतिशिल हुने र वित्तिय क्षेत्रमा स्थायित्व कायम हुने कुरामा चेम्वर विश्वस्त रहेको छ ।
बंैक तथा वित्तिय संस्थाहरुमा उत्पन्न समस्याहरुबाट समग्र अर्थतन्त्रमा नै नकारात्मक प्रभाव पर्ने सम्भावनालाई दृष्टिगत गर्दै यस्ता समस्याहरु नदोहोरिने गरी प्रभावकारी अनुगमन गर्नु पर्नेमा नेपाल चेम्वर अफ कमर्सले नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको छ ।