महाशिवरात्रीमा जोगीबाबाहरुवाट खुलेआम गाँजाको व्यापार–गाँजा खाने स्वदेशी तथा विदेशीको भिड

काठमाडौ। महाशिवरात्रिको अवसरमा पशुपति मन्दिरपरिसरमा बाबा र भक्तजनको चहलपहल बढेको छ। पशुपति परिसरमा बसेका बाबाले स्वदेशी तथा विदेशी पर्यटकलाई नाङ्गिएर चर्तिकला देखाउंदै नो मनी–नो मनी भन्दै जबरजस्ती पैसा माग्ने कार्य गरिरहेको देख्न पाइन्छ। Pashupatinathभारतवाट आएका ती नाँगा बाबाहरुको कारण महिला भक्तजनहरुलाई पाशुपत क्षेत्रमा जान नै समस्या पर्न थालेको छ। पशुपति विकास कोषले यो बर्षको महाशिवरात्रीमा जोगी–बाबाहरुलाई गाँजा तथा भाङ्ग वितरण नगर्ने र त्यसको प्रवेश निषेघ गरिएको भनिएतापनि स्वयम् जोगी–बाबाहरुले नै लुकीछिपी व्यापार गरिरहेको गुनासो त्यहाँ पाइएको छ।

Ganja Smoking 2उनीहरुसंग खुलेआम गाँजा किन्ने र खानेको पनि भिड देखिएको छ। अर्कोतर्फ पाशुपत क्षेत्रमा गाँजा खाने विदेशी तथा स्वदेशीको संख्या रात छिप्पिदै गएपछि अझ बढी देखिएको छ।

Ganja Smoking 1
प्रकाशन मिति–२०७३ साल फागुन १२ गते विहीवार ।