प्रधानमन्त्री प्रचण्डले आज देशवासीका नाममा सम्बोधन गर्दै

maitrinews

 

काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बेलुकी देशवासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री प्रचण्डले बेलुकी ५ बजे देशवासीका नाममा सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो।
प्रधानमन्त्री प्रचण्डले स्थानीय निर्वाचनको मिति घोषणा भइसकेकाले निर्वाचनमा होमिन देशवासीलार्इ आग्रह गर्नुहुनेछ।