चुरोट पिउने चिम्पान्जी

 

उत्तर कोरियाको राजधानी प्योङयाङथित चिडियाखानामा राखिएको चिम्पान्जीले मानिसले झैँ चुरोट पिउने गर्छ । १९ वर्षको एजलिया नाम गरेको चिम्पान्जीले एक दिनमा एक प्याकेट चुरोट तानेर सिध्याउँछ । एजलियाले आफैँ चुरोटको खिल्ली प्याकेटबाट निकाल्छ र आफैँ सल्काउँछ । कहिलेकाहीँ मानिसले ननिभाइकन फ्याँकेको चुरोटका ठुटो प्रयोग गरी आफ्नो चुरोट सल्काउने गर्छ ।chinpang
एजलियालाई चुरोट पिउन चिडियाखानाका कर्मचारीले सिकाएका हुन् । उसलाई नाक छुने र नाच्ने तालिम पनि दिइएको छ । यी काम गरेर उसले आगन्तुकहरुलाई मन्त्रमुग्ध पार्दछ

फागुन १८ गते ।