काठमाडौँ महानगरपालिकाको प्रमुखमा ल्याइयो पौडेल

maitrinews

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतमा ईश्वरराज पौडेल नियुक्त गरिएको छ । यसअघिका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङलाई अन्यत्र सरुवा गरेर पौडेललाई ल्याइएको हो ।kmc

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सहसचिव पौडेललाई महानगर प्रमुखका रुपमा जिम्मेवारी दिइएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जनाएको छ ।
निर्वाचन आअचारसंहिता लागू हुनु अघि नै मंगलबार प्रमुख कार्यकारी अधिकृतको रुपमा पौडेललाई पठाउने निर्णय गरिएको हो ।

प्रमुख कार्यकारीमा नियुक्त भएका पौडेलले यसअघि कास्कीमा स्थानीय विकास अधिकारीको रुपमा पनि काम गरिसक्नुभएकोछ ।
फागुन १८ गते ।