प्रहरी महानिरीक्षक नियुक्ति विवादसम्बन्धी बहस सकियो,सर्वोच्च फैसला सुनाउने तयारीमा

maitrinews

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादसम्बन्धी बहस आज सकिएको छ । अन्तरिम आदेशलाई निरन्तरता दिने नदिने आदेश सर्वोच्च अदालतले आजै गर्दैछ ।
सरकारले डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाएपछि सर्वोच्चले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । अधिवक्ता कपिलदेव ढकालले वरियताक्रम मिचेर बढुवा गर्न नहुने भन्दै नियुक्त अघि नै दायर रिटमा यो आदेश आएको थियो ।
डीआईजी नवराज सिलवालले आफूलाई प्रहरी प्रमुख बनाउन माग गर्दै अर्को रिट दिनुभयो ।
ढकाल र सिलवालको रिटलाई एकसाथ राखेर न्यायाधीशद्वय हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासमा बहस सुरु भएको थियो । बुधबार बहस सकिएको छ र, प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले दिएको अन्तरिम आदेशलाई जारी राख्ने कि नराख्ने भन्ने आदेश आजै आउने सम्भावना छ ।

फागुन १८ गते ।