तीन विद्यार्थी संगठनको अहिलेसम्मको चुनावी नतिजा, २५ भन्दा बढी स्थानमा अखिल विजयी, दोस्रोमा क्रान्तिकारी र तेस्रोमा नेविसंघ
काठमाडौँ । पछिल्लो नतिजा अनुसार मलुकभरीका क्याम्पसबाट अनेरास्ववियु २५ बढी स्थानमा जित्दै पहिलो भएको छ भने सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारी २० बढी स्थानसहित दास्रो स्थानमा छ । व्यवस्थापिका संसदको सबै भन्दा ठूलो दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेवि संघ भने अहिले करिब १५ स्थानसहित तेस्रो छ । कुन–कुन क्याम्पसमा कुन–कुन संगठनले जिते रु हेर्नुहोस् क्याम्पस र अध्यक्षसहितः अनेरास्ववियुले दिएको जानकारी अनुसार पाटन बहुमुखी क्याम्पस बैतडी– महेशप्रसाद भट्ट, सल्यान बहुमुखी क्याम्पस सल्यान– रामबहादुर खत्री, माण्डव्य बहुमुखी क्याम्पस पाल्पा–नविन वस्याल, शक्ति क्याम्पस बझाङ– ईश्वर सिंह ।
त्यसैगरीबझाङ क्याम्पसमा पूजा कार्कीको टिम विजयी भएको छ । आदर्श बुहुमुखी क्याम्पस धादिङमा रुपक गिरीको टिम विजयी भएको छ । हनुमन्तेश्वर क्याम्पस काभ्रेमा सन्तोष दाहालको टिम विजयी भएको छ । खोटाङ क्याम्पस खोटाङमा सन्तोषी फूयालको टिम विजयी भएको छ । कानपुर क्याम्पस काभ्रेमा सुनिता तामाङ र उध्द–बुध्द बहुमुखी क्याम्पस,पाल्पामा नविन आचार्यको टिम विजयी भएको छ ।
अमरदीप क्याम्पस,सुर्खेत हरि देवकोटा र सिद्धदेवी क्याम्पस,पाचथरमा रबिन सम्वाहान्फे लिम्बूको टिम विजयी भएको छ । काठमाडौ कुलेश्वर क्याम्पस, काठमाडौँमा सुशील गिरीको टिम विजयी भएको छ । कृष्ण स्नातक लाली क्याम्पस,दार्चुलामा कमला पन्त र खप्तड आदर्श क्याम्पस ,डोटीमा रमेश पचेराको टिम विजयी भएको छ ।
अनेरास्ववियुले नै दिएको जानकारी अनुसार बुडिनन्दा क्याम्पस कोल्टी,बाजुरा
केशर बहादुर भाट, अन्नपूर्ण क्याम्पस कार्किनेटा,पर्वत, हिमाल श्रेष्ठ, जनहित बहुमुखी क्याम्पस जोमसोम,मुस्ताङमा रबिन बानियाँ गुरुङ विजयी भएका छन् ।
त्यसैगरी जनक क्याम्पस,काभ्रेमा सरला दाहाल, सर्वदय क्याम्पस ,बागलुङ, शेखर थापा, नमुना बागेश्वरी क्याम्पस,धादिङ, सन्दिप घिमिरे, भिम ज्योति क्याम्पस ,सिन्धुलीमा चुणामणी श्रेष्ठ, जिरी क्याम्पस जिरी,दोलखामा समीर खड्का विजयी भएका छन् ।
यता अखिल क्रान्तिकारीले दिएको जानकारी अनुसार विजयी क्याम्पसको सूची यस्तो छः
१। पाणिनी वहुमुखी क्याम्पस,सन्धिखर्क,अर्घाखाँची– लक्ष्मण खड्का
२। सिस्ने शिक्षा क्याम्पस रुकुमकोट–श्रीकुमार बुढाथोकी
३। स्यार्पु शिक्षा क्याम्पस, बाफिकोट रुकुम–नवराज केसी
४।सिम्रुतु शिक्षा क्याम्पस, रुघा,रुकुम–जीवन पुनमगर
५। सानोभेरी शिक्षा क्याम्पस सिम्ली रुकुम–राम बहादुर विष्ट
६।बनगाड क्याम्पस, सल्यान–इन्द्रबहादुर बुढाथोकी
७। फारुला बहुमुखी क्याम्पस, सल्यान –रामप्रसाद शर्मा
८। शिवजन क्याम्पस सितलपाटी, सल्यान–हरिप्रकाश वली
९। जनज्योति क्याम्पस ,पुर्कोटदह ,गुल्मी– सिर्जना घिमिरे
१०।त्रिपूरा क्याम्पस ,नाम्दु, दोलखा– शालिकराम उप्रेती
११।लटिनाथ बहुमुखी क्याम्पस ,दार्चुला–नरबहादुर बिष्ट
१२। गोकुलेश्वर बहुमुखी क्याम्पस ,दार्चुला–भुवन भण्डारी
१३। गुराँस बहुमुखी क्याम्पस, सानोश्री ताराताल बर्दिया–धनसरा ढकाल
१४।नेत्रावती सामुदायिक वहुमुखी क्याम्पस,खहरे धादिङ–रामवावु विष्ट
१५।नन्दादेवी वहुमुखी क्याम्पस,कोटवांडा,कालिकोट–लक्ष्मण वुढा
१६।नलगाड बहुमुखी क्याम्पस ,दल्ली ,जाजरकोट– राजन राना
१७।सगरमाथा आइटि कलेज,सानेपा,काठमाडौं– मनिष खत्री
१८।महालक्ष्मी क्याम्पस ,ललितपुर लुभु–सरोज महर्जन
१९–प्रताप स्मृति कलेज,सिंगटी,दोलखा– नमराज बस्नेत
२०।पुष्पलता वहुमुखी क्याम्पस,तिनपिप्ले,लमजुङ–संगिता भुजेलले
२१।प्रभा वहुमुखी क्याम्पस,कात्तिके देउराली,काभ्रे– विनोद चौलागाईं
यता नेवि संघ भने अहिलेसम्म १४ वटामा मात्र विजयी भएको छ ।
१। बैतडी गोकुलेश्वर कृषि क्याम्पस – राजेन्द्र बम
२। काभ्रे प्रकाश बहुमुखी क्याम्पस– तृष्णा पन्त
३। धादिङ नीलकण्ठ ब। क्याम्पस–सरोजराज पाण्डे
४।धादिङ मछिन्द्र बहादुर क्याम्पस– प्रमोद गिरी
५। लमजुङ मंगला क्याम्पस– विश्वनाथ मिश्र
६। काठमाण्डौ कान्तिपूर क्याम्पस– प्रवल बज्राचार्य
७। डोटी दिपायल क्याम्पस– जीवन भण्डारी
८। घन्टेश्वर सेतीमहाकाली ब। क्याम्पस– जितेन्द्र बोहोरा
९। सोलुखुम्बु दुधकोसी क्याम्पस– मिलन के।सी।
१०। सिन्धुली त्रिपुरेश्वर शिक्षा क्याम्पस– बसन्त अधिकारी
११। दैलेख कोट्देउला जनआदर्श क्याम्पस– रमाकुमारी नेपाली
१२। सल्यान कपुरकोट क्याम्पस– सन्देश आचार्य
१३। सल्यान त्रिपुरा सुन्दरी क्याम्पस– भिम कुंवर
१४ जुम्ला सिंजा ब। क्याम्पस– अमर सिंह खत्री
फागुन १८ गते ।