विद्यार्थीबीच झडप भएपछि जयवागेश्वरी क्याम्पसको निर्वाचन स्थगित

maitrinews

धादिङ । धादिङको मलेखुस्थित जयवागेश्वरी क्याम्पसमा विद्यार्थीहरुबीच झडप भएपछि स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ ।

झडपमा तीन जना छात्रा घाइते भएका छन् । गम्भीर घाइते सुजाता भट्टलाई उपचारका लागि काठमाडौंको न्युरो अस्पताल पठाइएको छ ।
झडपमा ईंटा लागेर भट्टको टाउकोमा गम्भीर चोट लागेको छ । यसैगरी सुस्मा रुपाखेती र पार्वती सेढाईंको अवस्था सामान्य छ ।
फागुन १८ गते ।