महिनौदेखि लण्डनमा रहेकी आरजु देउवाले दूतावास नछोड्दा दूतावासका कर्मचारीहरु हैरान

Aaraju Deuba

लण्डन। नेपाल कांग्रेसका साँसदसमेत रहेकी नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा.आरजु देउवा दुई महिनादेखि बेलायतमा रहेकी छन्। बेलायतको राजधानी लण्डन स्थित नेपाली राजदूतावासमा रहेकी आरजुले दूतावास नछोड्दा दूतावासका कर्मचारीहरु आजित बनेका छन्।

गएको जनवरी पहिलो सातामै लण्डन आएकी आरजुलाई पालन पोषण र घुमफिर गराउने काम लण्डनस्थित नेपाली दूतावासले गर्दै आएको छ । छोरो जयवीरलाई भेटन आएकी आरजु अझै कति समय लण्डन बस्ने हो ? त्यो ठेगान भएको छैन। आरजुको सत्कार र सुविधाका लागि हरेक दिन ध्यान दिनुपर्दा आफूहरुले नियमित काम राम्रोसँग गर्न नपाएको दूतावासका कर्मचारीले भन्न थालेका छन्।

आरजु नेपाली दूतावास रहेको लण्डनको केन्द्रमा रहेको किङ्स्टन प्यालेस गार्डेनमा बस्दै आएकी छन् । जहाँ एक रातको न्यूनतम भाडा मात्रै सय पाउण्ड पर्छ। त्यो सबै खर्चको व्यवस्थापन गर्नेदेखि गाडि सुविधासमेत दूतावासले व्यहोर्दै आएको छ।

आक्कल झुक्कल आउने अथितिहरुलाई खाने बस्ने कुराको व्यवस्थापनमा सहयोग गर्नु दूतावासको काम भए पनि एउटै व्यक्ति विना काममा महिनौंसम्म बस्दा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी हैरान बनेका छन्।

यतिखेर राजदूतले चढने गरेको दूतावासको गाडि आरजु र जयवीरले दुरुपयोग गर्दै आएका छन् । जयवीर विरामी भएको भन्दै आरजु लण्डन पुगेपनि जयवीर स्वस्थ रहेको र आफै आमासँग दिनभर डुलेर हिँडने गरेको दूतावास स्रोतको भनाई छ।
प्रकाशन मिति–२०७३ साल फागुन २० गते शुक्रबार ।