एक्मी कलेजमा प्रविधि प्रदर्शनी
काठमाडौं । एक्मी इन्जिनियरङ कलेज, सीतापाइलामा तेस्रो “आवास” आर्किटेक्चरल र “एसेस” प्रदर्शनी शुरु भएको छ ।
आर्किटेक्चर र इन्जिनियरिङ सङ्कायमा अध्ययनरत विद्यार्थीहरुद्वारा आयोजित सो प्रर्दशनीमा उद्घाटन समारोहसँगसगै प्रर्दशनी शुरु भएको हो । नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठले प्रदर्शनी उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले पढाइमा टेक्नोलोजीको महत्व र यसका आवश्यकताको बारेमा प्रकाश पार्नुभयो । अध्यक्ष श्रेष्ठले यस्ता प्रर्दशनीहरुले विद्यार्थी वर्गमा मात्र नभई सर्वसाधारणलाई पनि प्रत्यक्ष फाइदा पुग्ने बताउनुभयो ।
उक्त समारोहमा इलेक्ट्रोनिक्स संकायमा अध्ययनरत विद्यार्थीले बनाएको ड्रोनद्वारा पुष्पवृष्टि गरी पर्दशनीको शोभा वृद्धि गरियो । उक्त प्रदर्शनीमा विद्यार्थीद्वारा तयार पारिएको भूकम्पप्रतिरोधी प्रविधि, विभिन्न भवनका नमूनाहरु, चित्रकला मूर्तिकला, फोटो प्रर्दशनी तथा विभिन्न जलविद्युत् आयोजनाको नमूना प्रस्तुत गरिएको छ । प्रर्दशनीको मुख्य आर्कणको रुपमा धरहराको मोडल रहेको छ । उक्त प्रर्दशनीबाट ऐतिहासिक धरोहरहरु नयाँ निर्माण प्रविधिबाट भन्दा पनि पुरानै प्रविधिबाट नै तयार गर्नुपर्छ भन्ने रहेको छ । तीनदिने सो प्रदर्शनी शनिवारसम्म चल्ने छ ।
फागुन २० गते ।