राजधानीमा हिमाली भेगको मौलिक दच्ची खेल प्रतियोगिता

maitrinews

काठमाडौ । हिमाली भेगको मौलिक खेलका रूपमा चिनिएको दच्ची खेल प्रतियोगिता काठमाडौंमा सुरु भएको छ । कर्मज्यामु भोटे फाउन्डेसनले लोपोन्मुख दच्ची खेल प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको आयोजक फाउन्डेसनका उपाध्यक्ष पासाङ भोटेले बताए । १० राउन्डसम्म तारा हान्नुपर्ने प्रतियोगितामा बिहीबार छैटौं राउन्ड सम्पन्न भएको छ ।
कपनमा जारी प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ, उपविजेताले १५ र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । आर्चरी अथवा तारा खेलका रूपमा परिचित यो खेलले ओलम्पिकमा भाग लिँदै आएको नेपालको आर्चरी महासंघ महासचिव रमेशप्रसाद शिवाकोटी बताउनुभयो ।