दर्ता नै नभएका कलेजको सुचि सार्वजनिक गरेर नेविसंघले आफूलाई पहिलो संगठन बनाएपछि…

काठमाडौँ । नेपाल विद्यार्थी संगले आफूले एक सय पाँच वटा कलेजमा विजयी भएको दाबी गरे पनि २० बढी क्याम्पसको सुचि भने फर्जी पठाएको खुलेको छ । नेविसंघले क्याम्पसको नाम र निर्वाचन नभएका क्याम्पसका नाममा आफ्नो उमेद्वार विजयी भएको घोषणा गरेको अनेरास्ववियुको दाबी छ । ‘अनेरास्ववियुले आफ्ना मातहतका जिल्ला र त्रिभुवन विश्वविद्यालयसँगको समन्वयमा प्रारम्भिक रुपमा अनुसन्धान गर्दा नेविसंघले सार्वजनिक गरेको सुची नक्कली रहेको पाइएको छ । यो जानकारी गराउन चाहन्छौं,’ अनेरास्ववियुका प्रवक्ता सुदिप शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सुचीमा भेटिएको त्रृटी (कारणसहित)
ने.वि. द्वारा जारी विजयी सुचीमा भेटिएको त्रृटी (कारणसहित)
१. पर्वत – जनप्रशासन क्याम्पस (हालसम्म सञ्चालनमा नआएको)
२. काभ्रे – प्रकाश बहुमुखी क्याम्पस (निर्वाचन प्रक्रियामा नगएको)
३. अछाम – त्रिपुरा सुन्दरी क्याम्पस (निर्वाचन प्रक्रियामा नगएको)
४. दैलेख – अपी क्याम्पस (हालसम्म सञ्चालनमा नआएको)
५. जुम्ला – सिंजा बहुमुखी क्याम्पस (निर्वाचन प्रक्रियामा नगएको)
६. रौतहट – जनज्योती बहुमुखी क्याम्पस (धाँधली र फर्जी अरु संगठनको विरोधको विचमा स्वघोषणा)
७. डडेल्धुरा – परशुराम संस्कृत क्यामपस (निर्वाचन प्रक्रियामा नगएको)
८. डडेल्धुरा – भिमदत्त क्याम्पस (निर्वाचन प्रक्रियामा नगएको)
९.डडेल्धुरा – माउन्टेल व्यवस्थापन क्याम्पस (निर्वाचन प्रक्रियामा नगएको)
१०. पर्वत – धुवाकोट महासिला ब. क्याम्पस (निर्वाचन प्रक्रियामा नगएको)
११. दैलेख – कोटेदेउला जनआर्दश क्याम्पस (निर्वाचन प्रक्रियामा नगएको)
१२. काठमाण्डौं – जनप्रशासन क्याम्पस (एकलौटी रुपमा निर्वाचन गराई घोषणा गराएको)
१३. पर्सा – बायो क्याम्पस (निर्वाचन प्रक्रियामा नगएको)
१४. सुनसरी – पुर्वाञ्चल बहुमुखी क्याम्पस (परिणाम नसकिदै स्वघोषणा र पूर्ण गणना पश्चात अनेरास्ववियु विजयी)
१५. दार्चुला – अपिलम्पा क्याम्पस हुती (निर्वाचन प्रक्रियामा नगएको)
१७. दार्चुला – राष्ट्रिय बहुमुखी क्याम्पस तत्तु (निर्वाचन प्रक्रियामा नगएको)
१८. तनहु – सहिद कृष्ण क्याम्पस (विद्यार्थी संख्या १६, स्वघोषणा)
१९. सिन्धुली – त्रिपुरेश्वर सिक्षा क्याम्पस (निर्वाचन प्रक्रियामा नगएको)
२०. काठमाण्डौं – काठमाण्डौं कान्तिपुर थली क्याम्पस, (निर्वाचन प्रक्रियामा नगएको)
