चीनले सुरक्षा खर्चमा सात प्रतिशतले बृद्धि गर्ने

 

चीन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा बजेट बढाउने तयारी गरिरहेका बेला चीनले यस वर्ष सुरक्षा खर्चमा झण्डै ७ प्रतिशतले वृद्धि गर्ने बताएको छ।
बेइजिङमा वार्षिक नेशनल पिपुल्स कंग्रेस शुरु हुनुअघि पूर्व निर्धारित घोषणा गरिएको थियो।
आर्थिक विस्तारसँगै चीनले आफ्नो सैन्य बललाई आधुनिकीकरण गरिरहेको छ।
चीनको घोषित रक्षा बजेटको आकार अमेरिकाको भन्दा सानो छ।

अमेरिकी रक्षा बजेट चीनको भन्दा ४ गुणाले बढी रहेको बताइन्छ।
यद्यपि चीनलाई नियाल्दै आएका कतिपयले चिनियाँ सुरक्षा खर्च घोषितभन्दा बढी हुन सक्ने ठान्दछन्।
झण्डै दुई दशकसम्म निरन्तर १० प्रतिशतभन्दा बढीले सुरक्षा खर्च बढाउँदै आएको चीनले लगातार दुई वर्षदेखि त्यसभन्दा कमले बढाइरहेको छ।
चिनियाँ सरकारी प्रवक्ताले त्यसको अर्थ चीनले सन् २०१७ मा प्रक्षेपण गरेको कूल गार्हस्थ उत्पादनको १ दशमलव ३ प्रतिशत रकम पछिल्ला वर्षमा जस्तै सुरक्षा बजेटमा खर्च गर्ने बताइन्।
नेशनल पिपुल्स कंग्रेसलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ली कचिआङले सैन्य बजेटको वास्तविक आकार बताउनेछन्।

फागुन २२ गते ।